Quantcast
Channel: साहित्य – Pahilo Pana
Viewing all articles
Browse latest Browse all 2

कथासंग्रह ‘मरीचिका’ बजारमा

$
0
0

साहित्यकार महेश थापाद्वारा लिखित ‘मरीचिका’ बजारमा आएको छ । कथासंग्रह ‘मरीचिका’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले शारीरिक रूपले अफ्ठ्यारो स्थितिमा भएका थापाले आफुले देश र उहाँले गर्न सक्ने काम शारीरिक अशक्तताका भएतापनि जिम्मेवारीपूर्वक गर्नुभएको बताउँदै देश विकासमा प्रत्येक नेपालीको योगदान आवश्यक भएको आशय व्यक्त गर्नुभयो ।

‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो, अरू सशक्त अवस्थामा रहेकाहरूले उहाँबाट पाठ सिकेर देश निर्माणमा लाग्नुपर्छ’, ओलीले भन्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा परिषद् सदस्य तथा साहित्यकार माया ठकुरी तथा लेखक एवम् पत्रकार अभय श्रेष्ठले महेशका कथाहरू अब्बल तथा समयलाई चित्रण गर्ने खालका भएका तथा तिनलाई सिगार्न अक्षरसँग खेल्ने महेशको क्षमताले चकित पारेको बताउनु भयो । कार्यक्रम संचालक रुपेश श्रेष्ठ र लेखक एवम् पत्रकार अभय श्रेष्ठले केही कथाहरुका केही अंश वाचन गरेर दर्शक तथा श्रोतालाई महेशको अब्बल लेखाईको स्वाद पस्केका थिए ।

विगत झण्डै डेढ दशकदेखि ‘मोटर न्युरोन डिजिज’ रोगले सताइएका थापा हाल शारीरिक रुपमा पूर्ण अशक्त र बोलीसमेत प्रष्ट बुझिदैन तर उहाँकोे विचार पूर्ण रुपमा शसक्त र प्रष्टसँग बुझिने छ । अनस्क्रिन किबोर्डको सहायताले दाया हातको दुई औंलाले कम्प्युटर माउसमा क्लिक गर्दै नेपाली साहित्यलाई बलियो बनाउनको लागि उहाँको यो अवस्थाको योगदानले नेपाली साहित्यमा एक बलियो टेवा पुगेको कार्यक्रममा उपस्थित साहित्य पारखीहरुले बताए ।

लेखक थापाको आफ्नो दृढ विचारलाई उहाँकी श्रीमती निशा शर्माले वाचन गर्दै गर्दा लोकार्पण समारोहमा उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरुले उहाँको त्यो आत्मविश्वासलाई प्रशंसा गरेको आभाष हुन्थ्यो । कथासंग्रह सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ । साहित्यकार थापाका यस अघि अल्पविराम आत्मकथा र नमोनम् व्यंग्यसंग्रह बजारमा आएका छन् ।


Viewing all articles
Browse latest Browse all 2

Latest Images

Trending Articles





Latest Images